अभिनेत्री अंकिता लोखन्डेले दिवगंत अभिनेता सुशान्त सिंह राजपूतको बारेमा बताएकी छन्। अंकिता भारतीय रियालिटी शो 'बिग बोस १७' की प्रतिस्पर्धीको रूपमा रहेकी छन्। शोमा उनी पूर्व प्रेमी सुशान्तलाई सम्झिँदै भावुक हुँदै आएकी छन्।
एक एपिसोडमा उनले सुशान्तसँगै आफ्नो बाबुलाई याद गरेर भावुक बनेकी छन्।
यो दुनियाँमा आफूलाई एक्लै छोडेर गएको भन्दै उनले बाबुलाई याद गरेकी छन्। साथै उनले सुशान्तको अन्तिम संस्कारमा जान नचाहेको बताएकी छन्।
शो कै अर्का प्रतिस्पर्धी मुनव्वरले अंकितालाई सोध्छन्, 'तपाईंलाई थाहा छ सुशान्तलाई के भएको थियो?' उनले जवाफ दिँदै भनिन्, 'मलाई थाहा छ तर म यसबारे कुरा गर्न चाहन्नँ। मेरो लागि आज पनि यो कुरा गर्न मुस्किल छ। म उसको अन्तिम संस्कारमा पनि जान चाहन्नँ थिएँ। यो मलाई विक्कीले सम्झायो। मैले पहिलोपटक आफ्नो नजिकको मान्छे गुमाएको छु।'
अंकिताको श्रीमान विक्की सुशान्तको मिल्ने साथी हुन्। विक्कीले अंकितालाई सुशान्तको अन्तिम संस्कार गर्न समेत सम्झाएका थिए। शोमा आउनुअघि नै अंकिताको बाबुको निधन भएको थियो।