भारतीय गायक हनी सिंहले आफ्नो चर्चित गीत 'देसी कलाकार' को सिक्वेल ल्याएका छन्।
उनले ९ वर्षपछि उक्त गीतको सिक्वेल 'कलास्टार' ल्याएका हुन्। सन् २०१४ मा आएको गीत 'देसी कलाकार' लाई दर्शकले निकै रूचाएका थिए।
जोनस बेकले निर्देशन गरेको गीतको भिडिओमा हनी सिंह र अभिनेत्री सोनाक्षी सिन्हालाई देख्न सकिन्छ।
'देसी कलाकार' गीत हनीलाई पुलिसले पक्राउ गरेपछि सकिएको थियो। यसको सिक्वेलमा हनी जेलबाट छुटेपछिको कहानी देखाइएको छ। गीतमा रोनी अज्नाली र गिल मछराईको शब्द तथा संगीत रहेको छ।
हनी सिंहको 'आज ब्लू है पानी पानी पानी, लुंगी डान्स, चार बोतल' लगायत गीत निकै हिट छन्।