यो वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको छ।
स्विडेनस्थित नोबेल एकेडेमीले शुक्रबार यसबारे जानकारी दिदैं अब सन् २०१९ मा मात्र यो पुरस्कार वितरण गर्ने बताएको हो। अर्को वर्ष दुई वटा पुरस्कार घोषणा गरिनेछ।
एकेडेमीका सदस्य कटरिना फ्रोस्टेन्सनका श्रीमान जिन क्लाउड अर्नाल्टमाथि बलात्कार तथा यौनशोषणको आरोप लागेपछि एकेडेमी विवादमा फेसेको थियो। १८ जना महिलाले गत नोभेम्बरमा अर्नाल्टमाथि यौन शोषणको आरोप लगाएका थिए। उनले यो आरोप अस्वीकार गरेका थिए।
अर्नाल्ट पत्नी तथा एकेडेमी सदस्य कटरिनालाई चुनाव गरी पदमुक्त गरिएको थियो।
तर, घटना सार्वजनिक भएदेखि नै साहित्यतर्फको नोबले पुरस्कार अनिश्चित बनेको थियो।
एकेडेमीको स्थापना १८८६ मा भएको थियो भने १९०१ देखि साहित्यतर्फ नोबेल पुरस्कार दिन थालेको हो।
हालसम्म यो सात पटक स्थगित भइसकेको छ। विश्वयुद्धताका छ पटक यो पुरस्कार दिइएको थिएन भने सन् १९३५ मा उपयुक्त व्यक्ति नै नभएको बताइएको थियो।
सन् २०१७ मा बेलायती लेखक काजुओ इसिगुरो र २०१६ मा अमेरिकी गायक तथा गीतकार बब डिलनलाई यो पुरस्कार दिइएको थियो।