नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन्।
मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गरे।
नेपालकै मिलन कुलुङ राईले २८ः१५ः२५.३ सकेन्ड समय लगातार दोस्रो तथा शेर थारु २८ः४७ः०६.२ सकेन्डसहित तेस्रो भए। विजेता अर्जुनले ७५ हजार, मिलनले ४० हजार र शेरले २० हजार रुपियाँ पुरस्कार पाए।
एक सय किमी दौडमा विशाल राई १३ः२९ः०४ सकेन्ड समय लगार च्याम्पियन बने। सो इभेन्टमा गोपाल तामाङले १३ः३९ः०७ सकेन्ड र निरोज भट्टले १४ः१२ः३५ सकेन्डमा दौड पुरा गरेर दोस्रो र तेस्रो स्थान हासिल गरे। एक सय किमी दौड महिलातर्फ नेपालकी रसिला तामाङ पहिलो भए। रसिलाले १७ः५८ः०५ सकेन्डमा दौड सकाइन्। छोकी शेर्पा १८ः१५ः०५ सकेन्ड समय लगातार दोस्रो भइन्, फ्लेर मोउतज्वले २०:४३:०५ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरे।
एक सय किमी दौडमा शीर्ष तीन स्थानमा रहने धावकधाविकालाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपियाँ प्रदान गरिएको थियो।
५० किमी पुरुष दौडमा मानकुमार रोक्का मगर (०६ः४२ः२५ सकेन्ड) पहिलोे, लोकेन्द्र राई (०६ः४६ः३८ सकेन्ड) दोस्रो र धीरबहादुर बुढा (०६ः५९ः५९ सकेन्ड) तेस्रो भए। ५० किमी महिला दौडमा प्रिया राई पहिलो, कल्पना बुढा दोस्रो र राज्य लक्ष्मी रावल तेस्रो भए। प्रियाले निर्धारीत दुरी ०७ः४६ः०५ सकेन्डमा पूरा गरिन्। यसैगरी कल्पनाले ०८ः१६ः०६ सकेन्ड र राज्यलक्ष्मीले ०८ः४०ः५२ सकेन्ड समय लगाए। यस स्पर्धामा शीर्ष तीन स्थानमा रहने धावकधाविकाले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे।
३० किमी दौडमा राजन मेयोङबा ३ः४३ः०३ सकेन्ड समय लगातार विजेता बने। युवक राज बुढा (४ः०३ः२२ सकेन्ड) दोस्रो र अक्कल बढवाल (४ः३७ः०१ सकेन्ड) तेस्रो भए। ३० किमी महिलातर्फ अस्मी तामाङ ६ः३४ः०३ सकेम्ड समयमा दौड पुरा गरी च्याम्पियन बनिन् कथेरिना हल दोस्रो र रीन्छे दोला लामा तेस्रो भए। कथेरिनाले निर्धारीत दुरी ०८:२४:०६ सकेन्डमा पूरा गरिन्। यसैगरी रीन्छेले ०८ः५३:०० सकेन्ड समय लगाए। यस स्पर्धामा पहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार बने।
१० किमी पुरुषतर्फ नेपालका सुमन नापित र महिलातर्फ अमेरिकाकी बोराह लिम विजेता बने। सुमनले ५२ मिनेट ४२ सकेन्डमा निधारीत दृुरी पुरा गरे यसैगरी उदयबहादुर श्रेष्ठ ५३ मिनेट ३० सकेन्डसहित दोस्रो र हरि तामाङ ५५ मिनेट ०२ सकेन्ड सहित तेस्रो भए। अमेरिकी लिमले १० किमी महिला इभेन्ट जित्न ५२ मिनेट ४० सकेन्डमा दौड पुरा गरिन्। सो स्पर्धामा बेल्जियमकी जारा भान रेन्टरगे (१ घन्टा १६ मिनेट १ सकेन्ड) दोस्रो र जर्मनीकी सामन्था नोउभेल (१ घन्टा १८ मिनेट ४० सकेन्ड) तेस्रो भए। नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गरे।
मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्समा ८१, १०० किमीमा ५२, ५० किमीमा १३१, ३० किमीमा ९८ र १० किमीमा १९१ धावकधाविकाले सहभागिता जनाएका थिए।