रुपक नेपाली र मन्जु विकले तेश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेका छन्।
खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मन्जुले स्वर्ण जितेका हुन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको प्रतियोगिताको पुरुष फाइनलमा रुपकले अमित महर्जनलाई पराजित गरे। रविन्द्र लोहार तेश्रो र शिवबहादुर भुजेल चौथो भए।
मन्जुले फाइनलमा अनुपा नेपालीलाई हराइन् । कविता मोक्तान तेश्रो तथा चन्दाकुमारी भुजेल चौथो भए । पुरुष/महिला दुवैमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६५ केजीमा सनी सिंहले स्वर्ण, मेघबहादुर राईले रजत, सागर तामाङले कांस्य र जयराज स्याङतान चौथो भए । पुरुष ६० केजीमुनि अनिल बराम पहिलो, केदार नेपाली दोश्रो, पवनकुमार जैसवाल तेश्रो र राजेन्द्र घलान चौथो भए ।
महिला ५० केजीमुनि रिना माझी पहिलो, उषा रावल दोश्रो, सपना आले मगर तेश्रो र निशा सुनार चौथो स्थानमा रहे । महिला ५५ केजीमुनि अनिशा तामाङ पहिलो, लक्ष्मी थिङ दोश्रो, अन्जना बुढाथोकी तेश्रो र सविता आले मगर चौथो भए ।