जापानमा हुने तय भएको टोकियो ओलम्पिक सन् २०२१ मा हुन नसके रद्द हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का अध्यक्ष थोमस बचले बताएका छन्।
जापानले ओलम्पिक स्थगित गरेपछि अर्को वैकल्पिक योजना नभएको बताइरहदा अध्यक्ष बचको यस्तो भनाइ सार्वजनिक भएको हो।
'३ हजार देखि ५ हजार मानिसलाई हामी आयोजक कमिटीमा सधैं रोजगारी दिन सक्दनौ। हामी खेलाडीहरूलाई अनिश्चिततामा राख्न चाहादैनौ,' उनले भने।
तर उनले तोकिएको मितिमा ओलम्पिक हुनेमा विश्वास व्यक्त गरे।
यसअघि सन् २०२१ मा आयोजना गर्न नसकिए ओलम्पिक नै रद्द हुने टोकियो ओलम्पकिका प्रमुख यसिरो मोरीले बताएका थिए।
सन् २०२० मा हुने तय भएको प्रतियोगिता कोरोना भाइरसको सङ्क्रमणका कारण एक बर्ष पछाडी सारेर अर्को बर्ष सन् २०२१ को जुलाई २३ देखि गर्ने निर्णय भइसकेको छ।
तर संसारभरका लाखौं खेलकर्मीले भाग लिने ओलम्पिकअघि कोरोनाभाइरसको भ्याक्सिन वा कुनै औषधी पत्ता नलगाइ ओलम्पिक आयोजना हुनेमा शंका गर्दै आइएको छ।