स्कटल्यान्डमा जारी टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
स्कटल्याण्डको टिटउड ग्लास्गोमा नेपाली समयअनुसार बिहीबार बेलुकी पौने ८ बजे खेल दुई देशबीचको खेल हुनेछ।
जारी सिरिजमा नेपाल र नेदरल्याण्ड्स दोस्रोपटक भिड्न लागेका हुन्। पहिलो खेलमा नेपाल सुपरओभरमा पराजित भएको थियो।
सोमबार राति तीन वटा सुपरओभर हुँदा तेस्रो सुपर ओभरमा नेपाल पराजित भएको थियो। तेस्रो सुपर ओभरमा नेपालले रन बनाउन नसक्दा पराजित हुन पुगेको थियो।
सिरिजमा भने नेपालको यो तेस्रो खेल हो। नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो।
गएराति नेदरल्याण्डले पनि स्कटल्याण्डलाई १७ रनले पराजित गरेको थियो।
नेपालले पुनः स्कटल्याण्डसँग भोलि खेलेपछि सिरिज सकिनेछ।
नेपाल र नेदरल्यान्ड्सबीच यो सिरिजअघि टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म १३ खेलमा प्रतिस्पर्धा भइसकेको छ। जसमा नेपालले ५ खेल जित्दा ७ खेलमा नेदरल्यान्ड्स विजयी भएको छ। एक खेलमा नजिता आएको छैन।
पछिल्लो पटक नेपाल र नेदरल्यान्ड्सबीच गत वर्षको टी-२० विश्वकपमा प्रतिस्पर्धा भएको थियो। अमेरिकाको डलासमा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरषेको थियो।
यो सिरिज आइसिसी विश्वकप २०२६ को छनोटका लागि तयारीको रुपमा नेपालले लिएको छ। एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि यसअघि नै तयारी थालेको थियो। यसअघि नेपालले गत चैतमा हङकङमा भएको चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो।
नेपाली टोली – कुशल भुर्तेल, लोकेश बम, अनिल साह (विकेटकिपर), रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, किरणकुमार ठगुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी