अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अफगानिस्तानको पक्तिका प्रान्तमा भएको हालैको हवाई हमलामा ज्यान गुमाएका तीन जना युवा अफगान क्रिकेटरको निधन भएकोमा स्तब्ध भएको जनाएको छ।
ज्यान गुमाउने क्रिकेटरमा कबीर आगा, सिब्गतुल्लाह र हारुन रहेका छन्। आइसिसीले क्रिकट खेलाडीको निधन हुनु दुःखद भएको बताउँदै स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ।
ती तीनै जना युवा मैत्रीपूर्ण क्रिकेट खेलमा सहभागी भएर घर फर्कने क्रममा हमलामा परेका थिए।
उक्त हमला सर्वसाधारणको ज्यान जान गएको थियो। उक्त हमला पाकिस्तानले गरेको थियो। धेरै सार्वसाधारण जम्मा भएको स्थानमा हमला भएको थियो।
आइसिसीले यस किसिमको हिंसाको कडा शब्दमा निन्दा गर्दै भनेको छ, ‘हिंसाले परिवार, समुदाय र क्रिकेट जगतबाट तीन जना प्रतिभाशाली खेलाडीहरूलाई खोसेको छ। उनीहरूको एउटै लक्ष्य आफूले मन पर्ने खेल क्रिकेट खेल्नु थियो।’
आइसिसीले आफू अफगानिस्तान क्रिकेट बोर्डको साथमा रहेको पनि उल्लेख गरेको छ।
यस घटनाको अफगानिस्तनका टी-२० क्रिकेट टोलीका कप्तान राशिद खानले पनि कडा शब्दमा निन्दा गरेका छन्।