लक्ष्मीपूजाको अवसरमा त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सोमबार साँझ विशेष रूपमा झिलमिलिएको छ।
रंगशालामा जडान गरिएका चारवटा हाइ मास्ट पोल बत्ती बालिएपछि सम्पूर्ण मैदान उज्यालिएको थियो।
नयाँ जडान गरिएका ती हाइ मास्ट पोलमार्फत् परीक्षणस्वरूप लाइट बालिएको थियो। यससँगै रंगशालाको दृश्य झनै आकर्षक बनेको थियो।
त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन यो अन्तर्राष्ट्रिय स्तरको रंगशाला नेपाल क्रिकेट संघ (क्यान) को प्रमुख पूर्वाधार मानिन्छ।
रातको उज्यालोमा चम्किएको रंगशालाले अब निकट भविष्यमा रात्रि खेल हेर्ने सपना साकार हुने आशा जगाएको छ।
तस्बिरहरू:
-1760967152.jpg)
-1760967151.jpg)
-1760967150.jpg)
-1760967148.jpg)
-1760967149.jpg)
-1760967150.jpg)
-1760967148.jpg)
-1760967148.jpg)
-1760967147.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी