आइसिसी विश्वकप लिग-२ को तयारीका लागि इंग्ल्यान्डमा रहेको नेपालले पहिलो अभ्यास खेलमा जित निकालेको छ।
कार्डिफको न्यु पोर्ट क्रिकेट क्लबविरूद्धको खेलमा नेपालले ३ विकेटको जित निकालेको हो।
न्यु पोर्टले दिएको २१३ रनको लक्ष्य नेपालले ७ विकेटको क्षतिमा ३७.५ ओभरमा पूरा गर्यो।
कुनै समय १८ रनमा ५ विकेट गुमाएको नेपाल दबाबमा परेको थियो। सातौं विकेटका लागि आरिफ र गुल्सनले १३३ रनको साझेदारी गर्दा नेपालको जित सम्भव भयो।
गुल्सनले ८० रन र बनाउँदा आरिफले नटआउट ७२ रन बनाउँदै नेपाललाई जिताए।
त्यसअघि न्यु पोर्ट २१२ रनमा अलआउट हुँदा विल ट्रीकोलीले शतक बनाउँदा नेपालका लागि बलिङमा कुशल भुर्तेलले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले अन्तिम दुई विकेट लिए।
इंग्ल्यान्डमा अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ।
त्यसपछि स्कटल्यान्ड जाने नेपालले त्यहाँ स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल्नेछ।
नेपालले लिग-२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ।
लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ।
लिग-२ को खेल जेठ १९ देखि हुनेछ भने टी-२० सिरिज असार २ देखि सुरु हुनेछ।