लन्डनको लर्ड्स क्रिकेट मैदानमा हुने विश्व टेस्ट च्याम्पियनसिप २०२३-२५ को फाइनल खेलका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पुरस्कार राशि घोषणा गरेको छ। फाइनल खेल आगामीजुन ११ देखि १५ सम्म हुनेछ भने उपाधिक लागिदक्षिण अफ्रिका र अष्ट्रेलियाबीच भिड्नेछन्।
फाइनलको कुल पुरस्कार राशि ५.७६ मिलियन अमेरिकी डलर (लगभग ४९.२७ करोड नेपाली रुपैयाँ) रहेको छ, जुन अघिल्लो दुई संस्करणको तुलनामा दोब्बरभन्दा बढी हो। विजेता टोलीले ३.६ मिलियन अमेरिकी डलर (लगभग ३०.८ करोड नेपाली रुपैयाँ) प्राप्त गर्नेछ, जुन सन् २०२१ र २०२३ मा प्रदान गरिएको १.६ मिलियन डलरभन्दा उल्लेखनीय वृद्धि हो।
उपविजेताले २.१६ मिलियन अमेरिकी डलर (लगभग १८.५ करोड नेपाली रुपैयाँ) पाउनेछ, जुन अघिल्लो संस्करणको ८ लाख डलरभन्दा धेरै हो।
दक्षिण अफ्रिकाले अंक तालिकामा शीर्ष स्थान हासिल गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। उसले पाकिस्तान, वेस्ट इन्डिज, बंगलादेश र श्रीलंकामाथि शृंखला जितेको थियो भने भारतसँगको घरेलु शृंखला बराबरीमा सकिएको थियो। सन् २०२३ को अष्ट्रेलियाले दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो।
दक्षिण अफ्रिकाले पहिलो पटक डब्ल्यूटिसी फाइनल खेल्दैछ र उसको लक्ष्य पहिलो आइसिसी उपाधि जित्ने छ। अष्ट्रेलियाले भने लगातार दोस्रो पटक डब्ल्यूटीसी उपाधि जित्ने लक्ष्य राखेको छ।