राजस्थान रोयल्स जितमा शतकीय प्रहार गरेका वैभव सूर्यवंशीले आइपिएलमा धेरै कीर्तिमान तोडेका छन् र नयाँ कीर्तिमान राखेका छन्।
वैभव सूर्यवंशीका कीर्तिमान:
आइपिएलमा सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी:
वैभवले युसुफ पठानको कीर्तिमान तोडे। उनी आईपीएलमा दोस्रो सबैभन्दा छिटो शतक बनाउने खेलाडी बने। पहिलो स्थानमा क्रिस गेल छन्, जसले ३० बलमा शतक बनाएका थिए।
टी–२० क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडी
वैभवको उमेर मात्र १४ वर्ष ३२ दिन थियो। उनी टी–२० इतिहासमै सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडी बने।
शतकमा चौका–छक्काबाट सबैभन्दा धेरै प्रतिशत रन:
१०१ रनमध्ये ९४ रन चौका वा छक्का मारेर बनेका थिए (९३.०६%)। यो टी–२० शतकमा कुनै पनि खेलाडीको सबैभन्दा उच्च प्रतिशत हो।
आईपीएल डेब्यु ओभरमै सबैभन्दा धेरै रन बनाउने कीर्तिमान:
करीम जनतको पहिलो ओभरमा वैभवले ३० रन बनाए। यो कुनै पनि बलरको करियरको पहिलो ओभरमा पिटिएको सबैभन्दा धेरै रन हो।
२०० रनभन्दा बढी लक्ष्य पछ्याएर सबैभन्दा छिटो जित्ने टिम
राजस्थानले १५.५ ओभरमै २१० रन बनाउँदै लक्ष्य पछ्यायो। टी–२० इतिहासमा २०० भन्दा बढी रनको लक्ष्य पछ्याउन लागिएको सबैभन्दा कम ओभरको नयाँ कीर्तिमान बन्यो।