१४ वर्षीय वैभव सूर्यवंशीको कीर्तिमानी शतकको मद्दतले राजस्थान रोयल्सले आइपिएल २०२५ अन्तर्गत सोमबार राति गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ।
वैभवले मात्र ३५ बलमा शतक प्रहार गर्दै कीर्तिमान बनाए। उनले ३८ बलमा १०१ रनको शानदार इनिङ्स खेले, जसमा ७ चौका र ११ छक्का समावेश थिए। यससँगै राजस्थानले २१० रनको विशाल लक्ष्य १५.५ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो।
सूर्यवंशीले आइपिएल इतिहासको दोस्रो छिटो शतक प्रहार गरेका हुन्। उनले आइपिएलको केवल तेस्रो खेलमै शतक प्रहार गरेका हुन्। यसैसँगै उनी सबै फर्म्याटको क्रिकेटमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा ब्याटर बन्न सफल भएका छन्।
राजस्थानका लागि यसश्वी जैसवालले ४० बलमा नटआउट ७० रन बनाए। वैभव र यसश्वीको साझेदारीले राजस्थानको जित सुनिश्चित गर्यो। सूर्यवंशी खेलको प्लेयर अफ द म्याच घोषित भए।
यसअघि, गुजरात टाइटन्सले टस जितेर ब्याटिङ गर्दै शुभमन गिलको ८४ रन र जोस बटलरको अविजित ५० रनको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०९ रन बनाएको थियो।