काठमाडौंमा फूलका बजारहरूमा फूलमाला किन्ने ग्राहकको चहलपहल बढेको छ।
आइतबार भाइटीका छ। भाइटीकाको दिनका लागि फूल र माला किन्ने ग्राहकहरूले काठमाडौंका विभिन्न ठाउँमा रहेका फूल बजारहरूमा ग्राहकहरूको चहलपहल बाक्लिन थालेको हो।
शनिबार बिहान भगवानपाउ क्षेत्रमा फूलमाला बेच्ने र किन्नेहरूको भिड थियो।
काठमाडौं महानगरले यसपालिको तिहारका लागि फूलमाला बेच्न ४६ ठाउँ तोकेको छ। महानगरले तोकिएको ठाउँमा मात्रै फूलमाला बिक्री गर्न अनुरोध पनि गरेको छ।
काठमाडौंमा प्लास्टिकका माला बिक्री वितरणमा पनि रोक लगाइएको छ। यसबाट सयपत्री र मखमली लगायतका फूलहरूको व्यापार बढाउने अपेक्षा गरिएको छ।
तस्बिरहरूः