हाल देशमा मुख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहेको छ।
आइतबार बिहान मौमसमा केही सुधार देखिएको छ। बिहान कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको थियो।
अन्य भूभागमा मौसम आंशिक बदलीदेखि साधारणतया सफा रहेको छ।
आइतबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै आइतबार राति कोशी प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।
कोशी प्रदेशको थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुने महाशाखाले जनाएको छ।