मखमली फूलको सौन्दर्य तिहारसँग गाँसिएको छ। हत्तपत्त नओइलाउने फूलको उपमा पाएको मखमली शारदीय पर्वको अर्को रौनक हो।
मखमली फुल्दा तिहारको बहार आएको आभास हुन्छ। दसैं भर्खरै मैझारो भए पनि मखमली फुल्न थालिसकेका छन्।
मखमलीले तिहारको निम्तो दिएको पनि मान्न सकिन्छ।
तिहार नजिकिँदै गर्दा यातिबेला भक्तपुर गुण्डुका किसानहरूलाई पनि मखमली फूल टिप्न र माला उन्न भ्याइनभ्याइ छ।
ढकमक्क फूल, झिलिमिली बत्ती र मिष्ठान्नहरूको पर्व भएकाले पनि तिहारको महत्त्व अझ बढ्ता छ।
थप सौन्दर्य थप्छ, मखमली फूलको।
भ्रातृत्व प्रेम र स्नेहसँग जोडिएको मखमलीलाई बजारसम्म पुर्याउनका लागि किसानहरूले अहिलेदेखि नै मेहनत गरिरहेका छन्। गुण्डुमा मखमलीको व्यावसायिक खेतीसमेत हुने गरेको छ।
गाँस्न भ्याइनभ्याई भएको छ। तिहारमा विशेष रूपमा प्रयोग हुने यो मखमली फूल भाइ तिहारमा धेरै प्रयोग हुने गरिन्छ।
अन्य खेती–बाली भन्दा सजिलो र मनग्ये हुने भएकोले पनि यहाँका किसानहरू तिहारलाई लक्षित गरेर व्यावसायिक फूलखेती गर्ने गरेका छन्।
सोमबार बिहान गुण्डुका खेत–पाखाभरि किसानहरू मखमली टिप्न व्यस्त देखिन्थे। कोही माला उन्न तल्लीन थिए। यतिबेला गुण्डु पुग्दा जो कसैलाई तिहारको बहार सुरू भएको आभास हुन्छ।
तस्बिरहरूः