नेपालीहरूको महान् पर्व दसैंमा राम्रो खाना र नानासँगै मानिसहरूले विभिन्न किसिमका पिङ खेलेर मनाउने गर्छन्।
दसैंमा टिकासंगै पिङ खेलेर धर्ति छोड्नु पर्छ भन्ने पनि गरेको पाइन्छ। त्यसैले पनि पिङको बेग्लै महत्व छ।
मानिसहरूले दसैं आएसँगै साना नानीहरूको लागि भए पनि घरघरमा पिङ राख्ने चलन छ। यस्तै नेपाली समुदायमा सामूहिक रूपमा सार्वजनिक ठाउँमा पिङ राख्ने चलन रहिआएको छ।
काठमाडौंको गुहेश्वरीमा पनि यहाँका युवाहरूले बाँसबाट परम्परागत तरिकाले लिंगे पिङ राखेका छन्।
दसैं बिदा भएसँगै बालबालिकाहरू पिङमा झुम्मिन थालेका छन्।
तस्बिरहरू: