जातीय विभेद मुद्दामा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल बिहीबार एक लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्।
जिल्ला अदालत दाङले ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न आदेश गरेपछि तोकिएको धरौटी बुझाएर उनी छुटेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले सेतोपाटीलाई बताए।
अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. ७ का २३ वर्षीय महेन्द्र विकसहित उनका परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि ताराप्रसादले कोठा भाडा दिएको तीन दिनपछि असार १५ गते जबरजस्ती घरबाट निस्कन उर्दी जारी गरेका थिए।
उनीहरूका कोठाका सामान बाहिर फालिदिएका थिए।
त्यसपछि आफूहरूमाथि जातीय विभेद गरेको भन्दै महेन्द्रसहित उनका साथीहरू जिल्ला प्रहरी कार्यालयमा पुगेर ताराप्रसादविरूद्ध किटानी जाहेरी दिएका थिए।
जाहेरीका आधारमा प्रहरीले असार १६ गते ताराप्रसादलाई नियन्त्रणमा लिएको थियो।
यो पनि:
दाङमा जातका कारण तीन दिनमै डेराबाट निकालिए महेन्द्र