सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको छ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी छन्।
बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुन, खिमलाल देवकोटा र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी छन्।
बैठक केहीबेरअघि सुरू भएको हो।
बैठकमा संसदको गतिरोधबारे पनि छलफल हुने बताइएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले सदनमा विरोध जनाउँदै आएको छ।
रास्वपाले वेलघेराउ, नाराबाजी र प्रतीकात्मक विरोध जनाउने गरेकामा शुक्रबार भने बैठक बहिष्कार गरेको थियो। राप्रपाले भने यसअघिदेखि नै बैठक बहिष्कार गरिरहेको छ।