मन्दिरको दान पेटिका चोरी गर्ने पक्राउ


मन्दीरको दानपेटिका चोरी गर्ने एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।

धरान उपमहानगरपालिका ८ स्थित शनि मन्दिरको दान पेटिका चोरी गरी लैजादै गरेको अवस्थामा ईलाम साक्फारा ८ का १९ वर्षीय रुपेश राईलाई पक्राउ गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको गस्ती टोलीले सोमबार राति साढे ११ बजे राईलाई चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

पक्राउ परेका राईलाई थुनामा राखी आवश्यक कारबाही अघि बढाएको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.