माओवादी केन्द्र सल्यानको पार्टी कार्यालयमा तालाबन्दी


नेकपा माओवादी केन्द्र, सल्यानको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

मङ्गलबार हुन गइरहेको जिल्ला समन्वय समितिको निर्वाचनमा पार्टीले गतल व्यक्तिलाई नेतृत्वमा पठाउन लागेको हुँदा तालाबन्दी गर्नुपरेको महाधिवेशन आयोजक कमिटी सदस्य तथा बागचौर नगरपालिका वडा नं. ४ का नवनिर्वाचित जनप्रतिनिधि तुल्सीराम घर्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले पार्टीले मनोमानी ढंगले गरेको निर्णय सच्याउन नेतृत्वलाई आग्रह गर्दापनि कुनै सुनुवाई नभए पछि बाध्य भएर पार्टी कार्यालयमा तालाबन्दी गर्नु परेको प्रतिक्रिया दिए ।

जिल्लामा सक्रियता रुपमा काम गर्दै आएका थुप्रै केन्द्रीय सदस्यहरु हुँदा पनि कसैलाई जानकारी नै नदिएर काठमाडौंको मित्रनगरमा लुकेर रातारात गोप्य रुपमा उम्मेदवार चयन गरिएको उनको आरोप छ ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.