निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणा पत्र सार्वजनिक गर्न दलहरूलाई आग्रह गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति निकालेर फागुन ३ गतेभित्र घोषणा पत्र सार्वजनिक गर्नुपर्ने उल्लेख गरेका हुन्।
फागुन ३ भित्र घोषणा पत्र सार्वजनिक गरी दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आयोगले आग्रह गरेको हो।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।
