नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसमा कांग्रेसले चुनाव जित्ने माहोलले बताइसकेको बताएका छन्।
सिराहाको धनगढीमाइ नगरपालिकाको बुद्धनगरमा आज आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले मधेसमा कांग्रेसले चुनाव जित्ने यहाँको माहोलले बताइसकेको बताएका हुन्।
‘मलाई तपाईंहरूले विश्वास गरेर बोलाउनु भयो। यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु। जिताएर पठाउनु हुन अनुरोध छ,' उनले भने, ‘यसले गर्दा चुनाव चाँडै आयो। त्यसमा कांग्रेसले चुनावको स्वागत गरेको छ। नयाँ नेतृत्व छान्न तयार छ। भोट तपाईंहरूकै हातमा छ । जिताउनु हुन्छ भन्ने आशा लिएको छु।'
सभापति थापाले आज मधेसको सप्तरीको हनुमान नगर, रुपनी, कदमचोक तथा सिराहाको लहान, जिरो माइल र गोलबजारका सभालाई सम्बोधन गरेका थिए।