प्रतिनिधि सभाको बैठक सूचना टाँस गरी स्थगित भएको छ।
संघीय संसद सचिवालयले करिब ४ बजेतिर सूचना टाँस गरी साढे ४ बजे बस्ने गरी बैठक स्थगित गरेको हो।
मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठक ढिला गरी सुरू भएको थियो। उक्त बैठक सुरू भएको करिब ५ मिनेटमै आधा घण्टाका लागि स्थगित भएको थियो।
भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका छन्।
मंगलबार पनि वेल घेराउ र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरेका थिए।
आधा घण्टाका लागि स्थगित भएको बैठक अहिले सूचना टाँस गरी साढे ४ बजेसम्मका लागि स्थगित गरेको हो।