सत्ता साझेदार दल नेपाली कांग्रेसले संसद बैठकमा अमर्यादित पहिरनमा उपस्थित हुने सांसदहरूलाई निस्कासन गर्न माग गरेको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा रास्वपाका सबै सांसदहरूले निलो रङको खादा लगाएर उपस्थित भएका थिए। त्यसमा नियमापत्ति जनाउँदै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अमर्यादित पोशाक लगाएर उपस्थित भएका सांसदहरुलाई सभामुखले निस्कासन गर्नुपर्ने बताएका हुन्।
त्यसबारे नियमावलीले पनि व्यवस्था गरेको उनले बताए।
' उहाँहरू सबै स्कार्फ बाँधेर आउनुभएको छ। यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन? जे पनि लगाएर आउने गर्न थालियो भने भोलि कोही हाफ प्यान्टमा आए भने?,' उनले भने, ' यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसदबाट निष्कासन गर्न आवश्यक छ भन्ने कुरामा ध्यानाकर्षण गराउँछु।'