नेपाली कांग्रेसले 'मिसन रोजगारी' अभियानअन्तर्गत दिगो रोजगारी सिर्जना गर्न स्थानीय सरकारले लिनुपर्ने नीतिका बारेमा भर्चुअल छलफल गरेको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यालय सानेपाबाट स्थानीय तहका प्रमुख र उपप्रमुखहरूसँग भर्चुअल छलफल गरेका हुन्।
यो पनि: गगन-विश्वप्रकाशले सुरू गरे ‘मिसन रोजगारी’
पार्टी केन्द्रीय सदस्य मधु आचार्य संयोजक रहेको स्थानीय तह समन्वय विभागको आयोजनामा मंगलबार स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग भर्चुअल कुराकानी गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
अहिले स्थानीय सरकार आगामी आर्थिक वर्षको लागी आ-आफ्नो नीति तथा कार्यक्रम र बजेट निर्माणको चरणमा छन्।
महामन्त्री गगन थापाका अनुसार यही सन्दर्भमा सबै प्रदेशका पालिका प्रमुख, उपप्रमुखहरूसँग भर्चुअल संवाद गरिएको हो।
‘हाम्रो गत स्थानीय चुनावको संकल्प पत्र, असल अभ्यासको अनुकरण तथा निरन्तरताबारे छलफल गर्यौं,’ महामन्त्री थापाले भने, ‘विशेष गरी पार्टीको 'मिसन रोजगारी' अभियानअन्तर्गत दिगो रोजगारी सिर्जना गर्न स्थानीय सरकारले लिनुपर्ने नीतिका सन्दर्भमा छलफल भयो।’
कांग्रेसले गत स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका पालिकाका प्रमुख तथा उपप्रमुखहरूसँग छलफल गरेको हो।