पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई आज भारत जाने भएका छन्।
नेसपा( नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार बाबुराम आज दिउँसो १ बजेको फ्लाइटमार्फत भारत जान लागेका हुन्।
अध्यक्ष भट्टराई प्रगतिशील नेपाली समाज भारतको अधिवेशनमा अथितिको रूपमा सहभागी हुन भारत जान लागेका हुन्।
अधिवेशन आइतबारबाट भारतको फरिदावादमा हुँदैछ।
अध्यक्ष भट्टराईको साथमा नेसपा( नयाँ शक्ति) की उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र नेसपा (नयाँ शक्ति) का सचिव एवं प्रवास प्रदेश अन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत जाँदैछन्।