नेकपा (एमाले)सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन सरेको छ।
शनिबार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेकोअनेरास्ववियुका सचिव एवम् प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए।
यसअघि जेठ १ गतेदेखि ५ गतेसम्म महाधिवेशन गर्ने तय भएको थियो।
शनिबार बसेको सचिवालय बैठकले महाधिवेशन सारेर जेठ २५ गतेदेखि गर्ने निर्णय गरेको हो।
परिमार्जित मिति अनुसार अब अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन जेठ २५ देखि २७ गतेसम्म काठमाडौंमा हुने निर्णय भएको पौडेलले बताए।
त्यसअघि संगठन सुदृढ, व्यवस्थित र क्रियाशील बनाउनका लागि नीतिगत विषयहरू टुंगो लगाउने निर्णय आजको बैठकले गरेको छ।