नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्।
उनी उपचारका लागि थाइल्याण्डको बैंकक गएका थिए।
सभापति देउवा, परराष्ट्र मन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणा देउवा शुक्रबार दिउँसो स्वदेश फर्किएका हुन्।
सभापति देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपसभापति पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहलगायत पुगेका थिए।
परिवारका सदस्यहरूसहित देउवा गत आइतबार बैंकक प्रस्थान गरेका थिए।
यो पनि: सरकार परिवर्तनबारे समाचार देखेर हामी छक्क पर्यौं: परराष्ट्र मन्त्री राणा