प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा गणतन्त्र पक्षधर दलहरूको बैठक सुरू भएको छ।
तीनकुनेमा राजावादीहरूले गरेको हिंस्रक प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्न गणतन्त्र पक्षधर दलहरूलाई बैठकमा बोलाएका हुन्।
बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत बैठकमा उपस्थित छन्।
बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उपस्थित छैनन्।