मंगलबार (आज) सार्वजनिक हुने भनिएको विद्युत प्राधिकरणले तयार गरेको श्वेतपत्र प्राविधिक कारण देखाउँदै स्थगित गरिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्नका लागि मंगलबार बिहान ११ः३० बजे कार्यक्रम तय गरेका थिए।
अर्को सूचना नहुँदा सम्मका लागि सार्वजनिक कार्यक्रम स्थगित गरिएको शाक्यको सचिवालयले जानकारी गराएको छ।
प्राधिकरणले वर्तमान अवस्था र चुनौती विश्लेषण गर्दै श्वेतपत्र तयार गरेको जनाएको छ।
श्वेतपत्रमा उल्लेख भएको वित्तीय अवस्थाका कतिपय विवरणहरू निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्रस्तुत गरेभन्दा केही फरक समेत देखिएको छ।