जनमत पार्टीले राष्ट्रिय परिषद समिति बैठक बोलाएको छ।
प्रवक्ता शरद सिंह यादवले दिएको जानकारीअनुसार चैत १५ गते बस्ने गरी राष्ट्रिय परिषद बैठक आह्वान भएको हो।
बैठक मध्यबानेश्वरस्थित सनराइज क्याफेमा बस्नेछ।
राष्ट्रिय परिषदका सबै सदस्यहरूलाई जनमतले बैठकमा बोलाएको हो।
बैठक शुक्रबार बिहान ९ बजेदेखि सुरू हुनेछ।
जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरणको तयारीमा छन्।
