सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ। समितिले तीन महिनाभन्दा बढी समय लगाएर गरेको छानबिनपछि ११ पृष्ठको पेजको प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो।
समितिले गोर्खा मिडिया प्रालि र त्यसका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग ९ घन्टा बयान लिएको थियो। रवि लामिछानेसँग लिएको बयान प्रतिवेदनको पृष्ट ८३२ देखि ८४६ सम्म समावेश गरिएको छ।
बयानका क्रममा लामिछानेले गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकको हैसियतले पारिश्रमिकबापत मासिक ५ लाख लिएको बताएका छन्।
समितिले उनलाई गोरखा मिडिया नेटवर्क प्रालि मा २०७७ चैत १८ गते १ करोड ८० लाखको सेयर लगानी गरेको बारे सोधेको थियो।
उनले आफ्नो सेयरलाई स्वेट इक्विटी भनिने र त्यसमा १५ प्रतिशत अफर गरिएको जवाफ दिएका थिए।
'प्रचलित कानूनमा स्वेट शेयरको प्रबन्ध नभएको हुनाले त्यो व्यवस्थापन गर्ने जिम्मा जिबि राईले लिनुभयो। मेरो काम कार्यक्रम र समाचारमा केन्द्रित थियो, त्यसैमा केन्द्रित भएँ। बाँकी वित्तीय विषयहरू मिलाउने जिम्मा जिबी राईले लिनुभयो। पारिश्रमिकवापत मैले मासिक ५ लाख लिएको थिएँ र मैले एड्भान्स ७५ लाख पनि लिएको थिएँ जुन स्वेट ईक्विटीको प्रक्रियाका लागि गोरखा मिडिया नेटवर्क प्रालि मै डिपोजिट गरिदिएको थिएँ। मेरो खातामा कुनै सहकारीबाट रकम आएको छैन,’ उनले जबाफमा भनेका छन्।
हेर्नुहोस् पूर्णपाठ