नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो बजेटले निजी क्षेत्रका सवाललाई सम्बोधन गर्दै आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने आफूले विश्वास लिएको बताएका छन्।
कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘मलाई विश्वास छ- आर्थिक वर्ष २०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ। आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ।’
निजी क्षेत्रले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको पनि सभापति देउवाले बताए।
‘निजी क्षेत्रका समस्या समाधान गर्न कांग्रेस सधैं अग्र स्थानमा रहेको छ,’ उनले भने, ‘निजी क्षेत्र र सरकारबीच सुदृढ कार्य हुन सक्यो भने अर्थतन्त्र थप बलियो हुँदै जाने विश्वास छ। व्यापारीले व्यापार गर्ने र उद्योगपतिले उद्योग खोल्ने हो, सरकारले व्यापार र उद्योग गर्ने होइन, निजी संस्थाले गर्नुपर्छ।’