नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेना महारथीको दर्ज्यानी चिन्ह पाएका शर्माले बिहीबारदेखि सेनाको औपचारिक नेतृत्व लिएका हुन्।
यसअघि साउन २४ गते शर्मा कायमुकायम प्रधानसेनापति बनेका थिए। प्रधानसेनापतिको कार्यकाल ३ वर्ष हुने प्रवाधान छ।
हरेक ३ वर्षमा भदौ २४ गते नेपाली सेनाको नेतृत्व फेरिन्छ। आफ्नो कार्यकाल सकिनु एक महिना अगाडि प्रधानसेनापति विदामा बिस्ने परम्परा छ।
शर्माले अब तीन वर्ष नेपाली सेनाको नेतृत्व गर्नेछन्।
राष्ट्रपति भवन शितल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति तथा राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन्।