नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल र महन्थ ठाकुरका पार्टीले राष्ट्रिय दलको मान्यता पाउने भएका छन्।
सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्दै कुनै दलले राष्ट्रिय मान्यता पाउन चुनावमा समानुपातिकतर्फ तीन प्रतिशत मत पाउनु पर्ने प्रावधान हटाएको छ।
बुधबार साँझ राजपत्रमा प्रकाशित भएको राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशमा कुनै दल विभाजन भई बनेको नयाँ दलका हकमा तीन प्रतिशतको नियम लागू नहुने उल्लेख गरिएको छ।
यसअघि राष्ट्रिय दलको मान्यतामा पाउन संघीय संसदमा एक जना सांसद हुनुपर्ने र समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याएको हुनु पर्ने व्यवस्था थियो।
उक्त व्यवस्था कायम रहे नेपाल र ठाकुरका नयाँ पार्टीले समानुपातिकमा ल्याएको मतका बारेमा विवाद हुने भएकाले उक्त प्रावधान हटाइएको हो।