राजनीतिक दलको विवाद निरूपणमा ढिलाइ गरेको भन्दै पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।
नेकपामा आधिकारिकता विवादमा ढिलाइ गरेको भन्दै पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले उक्त कुराको ध्यानाकर्षण गराएका हुन्।
बुधबार पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ- राजनीतिक दलको विवाद निरूपणमा ढिलाइ गरेको भनि निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरूले हामीलाई गम्भीर बनाएको छ।
आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा असर पार्ने भन्दै त्यसतर्फ गम्भीर रहन उनीहरूले आग्रह गरेका छन्।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, अयोधिप्रसाद यादव, दोलख बहादुर गुरूङले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।
नेकपा ओली समूह र प्रचण्ड-नेपाल समूहले आफूहरू नै आधिकारिक पार्टी भएको दाबी गर्दै आएका छन्।