नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ।
लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डङ्गोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
२००४ सालमा काठमाडौंमा जन्मिएका ७७ वर्षीय डंगोल कांग्रेस काठमाडौंको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको पूर्वउपप्रमुख समेत थिए।
डंगोल विसं २०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा कमाण्डरका रूपमा खटिएका थिए।
उनका श्रीमती छन्। उनको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले जानकारी दिए।