भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका छन्।
बुधबार दिउँसो करिब पौने १ बजे गोयल काठमाडौं आएका हुन्। उनलाई लिन नेपालस्थित भारतीय दूतावासका उच्च अधिकारीहरू त्रिभुवन विमानस्थल पुगेका थिए।
उनी जहाज चार्टर्ड गरी काठमाडौं आएका थिए। गोयल के कामका लागि काठमाडौं आए भन्ने खुलेको छैन।
सुरक्षा अधिकारीहरूले उनको आकस्मिक नेपाल आगमनबारे जानकारी नभएको बताए।
‘भारतीय दूतावासबाट लिन आउनुभएको थियो, उहाँ चार्टर्ड प्लेनमा आउनुभएको हो,’ विमानस्थल प्रहरी सुरक्षा प्रमुख एसएसपी रामकृपाल शाहले भने।
गोयल अपराह्नसम्म फर्केका छैनन्। उनी कहिले फर्किने भन्ने यकिन छैन।