मुख्यमन्त्रीको सुरक्षामा ९ जना सुरक्षाकर्मी, मन्त्रीलाई २–२ जना


सरकारले ३ नम्बर प्रदेश मुख्यमन्त्रीको सुरक्षामा ९ जना सुरक्षाकर्मी खटाएको छ। सोमबार मात्र मुख्यमन्त्रीमा नियुक्त भएका डोरमणी पौडेलेको सुरक्षामा जमदारको नेतृत्वमा ७ जना नेपाली सेना, एक जना प्रहरी सहायक निरीक्षक र एक प्रहरी हवल्दार गरी ९ जना खटाइएको मकवानपुर प्रहरी प्रमुख विकासराज खनालले सेतोपाटीलाई बताए।

उनका अनुसार सोमबार मात्र नियुक्त भएका भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापित र आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेललाई एक जना प्रहरी सहायक निरीक्षक र एक जना हवल्दार गरी २-२ जना खटाइएको एसपी खनालले बताए।

त्यसैगरी आवश्यता अनुसार सशस्त्र प्रहरी पनि खटाइने उनले जानकारी दिए। ‘केन्द्रले निर्देशिका बनाएको छ, त्यही अनुसार प्रदेशका सरकार प्रमुखदेखि मुख्य मन्त्रीहुँदै विभिन्न पदाधीकारीको सुरक्षा ब्यवस्था मिलाइनेछ,’ एसपी खनालले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.