तुलसीपुरका मेयर पाण्डेले बाँडे जेष्ठ नागरिकलाई कपडा


तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न सुरू गरेको छ।

वडा नं. १९, १८ र ४ बाट कपडा वितरण सुरू गरिएको कार्यालयले जानकारी दिएको छ। आइतबार वडा नं. १९ की एक सय तीन वर्षीया बस्यौनी चौधरीलाई मेयर घनश्याम पाण्डेले आफैँ पुगेर न्यानो कपडा हस्तान्तरण गरेका थिए। दलित, जनजाती, अल्पसंख्यकबाट ८० वर्ष पुगेका र अन्य समुदायका ८४ वर्ष पुगेका जेष्ट नागरिकलाई त्यस्तो न्यानो कपडा वितरण कार्यक्रम सुरू गरिएको मेयर पाण्डेले बताए। ‘जाडोमा वितरण गरेको कपडाले जेष्ठ नागरिक लाभान्वित हुनेछन्’ मेयर पाण्डेले भने ।

वडा नं. १९ भित्र १६ जना जेष्ठ नागरिकमध्ये नौ जनालाई न्यानो कपडा वितरण गरिएको छ ।

त्यस्तै वडा नं. १८ मा २८ जना जेष्ठ नागरिक रहेतापनि आइतबार ५ जनालाई वितरण गरिएको थियो । वडा नं. ४ मा भने २० जनालाई कपडा वितरण गरिएको हो ।

प्रतिव्यक्ति टोपी, ब्लाङ्केट, ओड्नी एक/एक थान प्रदान गरिएको मेयर पाण्डेले बताए। त्यस अवसरमा जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच समेत गरिएको थियो । मेयर पाण्डेले छिट्टै सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने आश्वासन बाँडेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.