बलिउड अभिनेता टाइगर श्रफले अब हलिउडसँग सहकार्य गर्ने भएका छन्। यसको सुरुआत उनले बहुप्रतिक्षित हलिउड फिल्म 'स्पाइडर म्यानः होमकमिङ' बाट गर्ने भएका हुन्। टाइगरले 'स्पाइडर म्यानः होमकमिङ' को हिन्दी संस्करणमा स्पाइडर म्यानको स्वर दिदैंछन्।
आफ्नो बाल्यकालको सुपर हिरो स्पाइडर म्यानका लागि हिन्दीमा आफ्नो स्वर दिन पाउँदा आफू निकै उत्साहित र खुसी भएको उनले बताएका छन्। उनले भने, 'म स्पाइडर म्यानका फिल्महरु हेरेर हुर्किएको हुँ र मलाई सधैं सपना थियो कि म उसको भूमिका निभाउन सकूँ। म खुसी छु कि भारतको सोनी पिक्चर्सले मलाई स्पाइडर म्यानको स्वरको लागि प्रस्ताव गरेको छ। मलाई आशा छ कि दर्शकले स्पाइडी (पिटर पार्कर) को हिन्दी आवाजमा मलाई रूचाउनुहुनेछ।'
'स्पाइडर म्यानः होमकमिङ' आगामी जुलाई ७ मा रिलीज हुँदैछ।