बलिउडमा रेकर्ड कायम गर्न सफल फिल्म 'बाहुबली २' अब रसियाको मस्कोमा देखाइने भएको छ। ३९ औं मस्को इन्टरनेशनल फिल्म फेस्टिभलको अवसरमा भारत र रसियाको ७० औं दौत्य सम्बन्ध मनाउन फेस्टिभलमा केही भारतीय फिल्महरू देखाइने भएको छ। सोही फिल्महरूको सूचीमा भारतको ब्लकबस्टर फिल्म बाहुबली-२ पनि परेको छ।
बिभिन्न भाषाका भारतीय फिल्महरू 'ब्याडम्यान, अ डेथ इन द गुन्ज, बे यार, यू-टर्न र कोठान्दी' सँगै भारतको बक्सअफिस कलेक्सनमा रेकर्ड कायम गर्न सफल 'बाहुबली २' पनि देखाइने भएको हो। फेस्टिभलमा देखाइने फिल्महरूको छनौट गर्ने राहुल बलीले भारतका बिभिन्न भाषा- आसामी, बंगाली, तेलेगु, गुजरातीका साथै हिन्दीको पनि फिल्म छानिएको बताए।
यी फिल्महरू जून महिनाको २२ देखि २९ तारिखसम्म देखाइनेछ।