बलिउड अभिनेता हृतिक रोशनले नयाँ फिल्मको लागि आएको प्रस्ताव अस्वीकार गरेका छन्।
निर्देशक सिदार्थ आनन्दले बनाउन लागेको हलिउडको ब्लकबस्टर फिल्म 'र्याम्बो' को हिन्दी रिमेकका लागि उनले खेल्न मानेनन्।
निर्देशक आनन्दले हृतिककै कल्पना गरेर उक्त फिल्म बनाउने निर्णय गरेका थिए । तर हृतिकले उक्त प्रस्ताव अस्वीकार गरे ।
यसअघि निर्देशक आनन्दले हृतिकलाई लिएर हलिउड चलचित्र ‘नाईट एण्ड डे’ रिमेक ‘व्याङ व्याङ’ को निर्देशन गरेका थिए, जुन सफल भएको थियो।
तर यसपटक भने हृतिकले उनको प्रस्ताव स्वीकारेनन् । ‘व्याङ व्याङ’को जस्तै भूमिका यसमा पनि भएकाले प्रस्ताव अस्वीकार गरेको उनले बताएका छन्।
अहिले यो फिल्म अभिनेता टाइगर श्रफको पोल्टामा गएको छ । फिल्म र्याम्बोको पोस्टर पनि हालै सार्वजनिक भएको छ । यो पोस्टरलाई निकैले रुचाएका छन् ।