आइपिओ निष्कासनको तयारी गरिरहेको हिल्टन होटलले आफ्ना पुराना संस्थापकहरू परिवर्तन नभएको स्पष्ट पारेको छ।
'हामीले अहिले कुनै नयाँ लगानीकर्ता भित्र्याएका पनि छैनौ,' होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने।
सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा राजनीतिक दल निकट व्यक्तिहरूले होटलको सेयर किनेको सूचना तथा समाचार आएकोमा होटलले ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
होटलले यस्तो दुष्प्रचार विरूद्ध प्रचलित कानुन अनुसार कानुनी प्रक्रिया अपनाइने समेत उल्लेख गरेको छ।
२०८१ साउनबाट सञ्चालनमा आएको होटल हालै सर्वसाधारणमा सेयर जारी गर्ने उद्देश्यले पब्लिक कम्पनीमा रूपान्तरण भएको छ।
१० रोपनी जग्गामा फैलिएको यो होटलको भवन १७ तलाको छ।
