क्यानेडियन पर्यटक युएनले रङहरूको उत्सव होलीबारे भारतमा रहेकी छोरीबाट जानकारी पाएका थिए। उनीहरू आफैले होलीको अनुभव भने पोखरामा पहिलो पटक लिए।
‘होलीका बारेमा पहिलो पटक भारतमा रहेकी छोरीले बताएकी थिइन्। यो रंगीन उत्सव एकदम रमाइलो रह्यो,’ उनीहरूले भने, ‘हामीलाई लाग्छ कि भारतमा हाम्रो छोरीले पनि यसरी नै रमाइलो गरिन् होला।’
८ दिने नेपाल भ्रमणमा रहेका युएन जोडी काठमाडौंमा २ दिन बिताएर पोखरा झरेका थिए। पोखरामा हिमाल, पहाड र होली मनाउन पाउँदा विशेष अनुभूति भएको उनीहरूले बताए। अझै २ दिन पोखरा बसेर दृश्यावलोकन गर्ने उनीहरूको योजना छ।
‘पहिलो पटक नेपाल आएका थियौं। हामीले हिमाल हेर्न पायौं,’ उनीहरूले भने, ‘नेपालमा बिताएका यी क्षणहरू अविस्मरणीय हुनेछ।’
युएनले पोखरामा रात परेपछि अझै रमाइलो हुने बताए। अरू चाडपर्वहरूभन्दा होली फरक र विशेष रहेको भन्दै उनले रङहरूको पर्व जिन्दगीभर सम्झिने बताए।
-1741872366.jpg)
होली मनाउन डेनमार्कबाट आएका मेडिकल विद्यार्थी सेसिलिन जुल र लौरा ब्लमग्रेनले बिहानै सेतो कपडा लगाए। अनि रङ लगाउन तयार भए। लेकसाइडमा नेपाली र विदेशी सरावरी रङ लगाइरहेको देख्दा आनन्द लागेको उनीहरूले बताए।
‘ताल छेउमा सबैले रङ लगाइरहेछन्। हामीले पनि रमाइलो गर्यौं,’ लौराले भनिन्, ‘हामीले छुट्टै अनुभव लिन पायौं।’
चिनियाँ नागरिक येनले पनि पोखरामा होली मनाए। नेपालीसँग होली मनाउन पाउँदा एकदम रमाइलो लागेको भन्दै उनले रङहरूको उत्सव मन परेको बताए।
‘मलाई रङहरूको उत्सव मन पर्यो, यो पर्व कहिल्यै बिर्सिन्न,’ उनले भने।
होलीका अवसरमा लेकसाइड रंगीन बनेका छ। पर्यटकीय सिजन सुरू भएसँग लेकसाइडमा विदेशी देखिन थालेका छन्। होली पर्व मनाउन फेवाताल किनारदेखि विभिन्न सांगीतिक कार्यक्रममा पनि नेपाली र विदेशी उत्तिकै झुम्मिएका छन्।
होलीको अवसरमा पोखराको कोमागाने पार्कमा ‘होलील्याण्ड’ शीर्षकमा सांगीतिक कार्यक्रम भएको थियो। प्रचार नेपालले आयोजना गरेको कार्यक्रममा नेपालीका साथै विदेशी पर्यटकको पनि उल्लेख्य सहभागिता थियो।
‘होली ल्याण्ड सांगीतिक कार्यक्रममा दर्शकले मैदानमै होली खोलेको दृश्य निकै सुन्दर थियो,’ प्रचार नेपालका सञ्चालक आशिष पुरीले भने, ‘दर्शकको साथकै कारण हामीले बर्सेनि होलील्याण्ड आयोजना गर्दै आएका छौं।’
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) रेवानले विदेशी पर्यटकलाई होलीका बारेमा जानकारी दिने र सँगसँगै होली खेल्ने कार्यक्रम राखेको थियो।
कार्यक्रममा पोखरामा बसिरहेका पर्यटकलाई निम्ता दिइएको छ। पञ्चेबाजासहित लेकसाइडमा पर्यटकसँग होली खेल्दै सडक परिक्रमा गरेको रेवान अध्यक्ष लक्ष्मण बरालले बताए।
‘हामीले विगत २५ वर्षदेखि पर्यटकसँग होली खेल्ने कार्यक्रम गर्दै आएका छौं,’ उनले भने, ‘यो कार्यक्रमले होलीको इतिहासबारे पर्यटकले जानकारी पाउँछन् अनि एकअर्कालाई रङ लगाइदिएर रमाउँछन्।’
-1741872366.jpg)
होलीले लेकसाइडका रेष्टुरेण्ट भरिएको उनले बताए। ट्रेकिङ सिजन सुरू भएकाले पर्यटकको चहलपहल पनि बढेको उनको भनाइ छ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पदयात्राको सिजन सुरू भएकाले विदेशी आउन थालेको बताए।
‘अहिले पदयात्रामा आउने पर्यटकको बुकिङ राम्रो छ, पर्यटकहरू आउन थालेका छन्,’ उनले भने, ‘हिउँदभरि सुनसान भएका पदमार्गमा पर्यटक देखिन थालेका छन्।’
अहिले पर्यटकको संख्या बढे पनि पर्याप्त नभएको बताए।
अरू चाडपर्वमा पनि पोखरामा पर्यटक बढ्ने गरेको होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष लक्ष्मण सुवेदीले बताए। नेपालमै विभिन्न ठाउँमा रहेका पर्यटक पनि चाडपर्व मनाउन पोखरा रोज्ने गरेको उनको भनाइ छ।
‘पोखरामा चाडपर्व मनाउन दोहोर्याएर आउने पर्यटक बढी देखिएको छ,’ उनले भने, ‘होटल बुकिङ बढेका छन्।’
-1741872366.jpg)
पदमार्गको सिजनमा केही बुकिङ बढे पनि कोभिडअघि जस्तो अवस्था नभएको उनले बताए। त्यतिबेला मार्च, अप्रिल र मे महिनामा ८० प्रतिशतसम्म होटल भरिएको उनले बताए।
हानले राखेको तथ्यांकअनुसार पोखरा उपत्यकामा पर्यटक स्तरका होटलहरूमा ४० हजार बेड छन्। पोखराको पर्यटन उद्योगमा ७ खर्ब लगानी भएको र होटलमा मात्रै ५ खर्ब लगानी पुगेको अध्यक्ष सुवेदीले बताए।
पोखराका होटलमा मात्र १४ हजारले रोजगारी पाएको उनले बताए।
पर्यटकको संख्या बढे पनि कोभिड अघिको अवस्थामा नपुगेको भन्दै उनले चीनको छेन्दु र ल्हासाबाट पोखरामा हुन लागेको अन्तर्राष्ट्रिय उडानबाट आशावादी भएको बताए।
‘पर्यटक केही बढेको त छ तर पहिला जस्तो छैन,’ उनले भने, ‘चीनको छेन्दु र ल्हासा उडान हुने भएपछि चिनियाँ पर्यटक आउने आशावादी छौं।’
-1741872365.jpg)
-1741872364.jpg)
-1741872364.jpg)
-1741872365.jpg)
-1741872367.jpg)
-1741872367.jpg)
-1741872367.jpg)
-1741872366.jpg)