हाम्रो पात्रो रेमिट सेवा अमेरिकामा पुनः सुरू भएको छ।
यस सेवामार्फत अमेरिकामा बस्ने नेपालीहरूले परिवार र आफन्तजनलाई सहज, छिटो र सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन्।
अमेरिकन डलर एक हजार वा सोभन्दा बढी रकम पठाउँदा कुनै शुल्क नलाग्ने कम्पनीले बताएको छ।
त्यस्तै, पहिलो पाँच हजार नयाँ प्रयोगकर्ताले पहिलो ट्रान्सफरमा अमेरिकी डलर एक बराबर एक सय ५० रूपैयाँको दरमा पाउनेछन्।