त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा स्तनपान कक्ष खुलेको छ। बच्चासहितका आमाहरुले आफ्ना बच्चाहरुलाई व्यवस्थित कक्षमा दुध खुवाउन सक्नेगरी खोलिएको विमानस्थलका महाप्रबन्धक राजकुरमा क्षेत्रीले जानकारी दिए।
तत्कालका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र खोलिएको यस्तो कक्ष आन्तरिक टर्मिनलमा पनि खोलिने क्षेत्रीले जानकारी दिए।
‘हामी विस्तारै देशभरका सबै विमानस्थलमा ‘बेबी फिडिङ कक्ष स्थापना गर्छौ’ उनले भने।
 room and lost and found unit room inaguration (11).jpg)
यो कक्षमा स्तनपानमात्र नभएर बच्चाहरुलाई औषधि खुवाउने, पाउडर लगाउने जस्ता काम गर्न सकिने छ। यो कक्ष स्थापनाका लागि हिमालया हर्बलले सहयोग गरेको छ। हर्बलले उपलब्ध गराएको बेबी पाउडर र तेल आमाहरुलाई दिएर उक्त कक्षको उद्घाटन गरिएको हो।
उक्त कक्षमा बच्चालाई सुताउनका लागि २ वटा आरामदायी ठाउँ बनाइएको छ।
 room and lost and found unit room inaguration (2).jpg)
त्यस्तै विमानस्थलमा आजदेखि ‘लस्ट एण्ड फाउन्ड’ कक्ष पनि स्थापना गरिएको छ। अन्तर्राष्ट्रिय टर्मिनलको अति विशिष्ट कक्षसँगै रहेको उक्त कक्षमा यात्रुहरुले हराएका समानाको बारेमा दाबी गर्नसक्ने छन्।
जहाँ यात्रुहरुले गरेको दाबीअनुसार सामान भएको पाइएमा कक्षबाट सामान उपलब्ध गराइने छ।
 room and lost and found unit room inaguration (4).jpg)
 room and lost and found unit room inaguration (9).jpg)
 room and lost and found unit room inaguration (7).jpg)
 room and lost and found unit room inaguration (5).jpg)