ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई राजदूत थम्पसनले अमेरिकातर्फबाट बधाई दिए।
भेटमा नेपाल–अमेरिकी सहयोग, अमेरिकी सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, जेन—जी आन्दोलनको क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माण लगायतका विषयमा छलफल भएको थियो।
भेटमा मन्त्री घिसिङले अहिलको सरकारको मुख्य प्राथमिकताको रूपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताए।
राजदूत थम्पसन अमेरिकले नेपाललाई गर्दै आएको सहयोग जारी रहने उल्लेख गरे।