नयाँ वर्षमा ग्राण्डीको २०७५ बिशेष स्वास्थ्य परिक्षण प्याकेज अफर


काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ वर्ष २०७५ को शुभकामना सहित अघिल्ला वर्षहरुमा झैं यस वर्षपनि बिशेष स्वास्थ्य परिक्षण प्याकेज अघि सारेको छ ।

नयाँ बर्षको अवसरमा यस बर्ष अघि सारिएका तिन किसिमका प्याकेज मध्ये पहिलो प्याकेज कार्डियाक प्याकेज अन्तर्गत मात्र रु. २०७५/- मा मुटु परिक्षण अन्तर्गत इसिजि, एको, सिबिसि, ब्लड सुगर (फास्टिङ), सोडियम, पोटासियम, क्रियाटिनिन, लिपिड प्रोफाइल, युरिक एसिड, चेष्ट एक्स-रे तथा डाक्टर सँगको कन्सल्टेशन समाबेश गरिएको छ ।

त्यसैगरी, दोश्रो प्याकेज अर्थो प्याकेज रहेको छ । जस अन्तर्गत मात्र रु. २०७५/- मा हाडजोर्नी सम्बन्धि परिक्षणहरु बिएमडी – बोन मिनरल डेन्सिटोमेट्री,क्याल्सियम, युरिक एसिड तथा डाक्टर सँगको कन्सल्टेशन समाबेश गरिएको छ ।

र तेश्रो प्याकेज डायबेटिज प्याकेज रहेको छ । जस अन्तर्गत मात्र रु. २०७५/- मा मधुमेह सँग समबन्धित जाँचहरु ब्लड सुगर (फास्टिङ) ब्लड सुगर (पिपि), क्रियाटिनिन, लिपिड प्रोफाइल, युरिक एसिड, युरिन रुटिन, इसिजि, आइ कन्सल्टेसन, डेन्टल कन्सल्टेशन तथा डाक्टर सँगको कन्सल्टेशन समाबेश गरिएको छ ।

प्याकेज अफर अवधिभर अतिरिक्त परिक्षणका रुपमा भिटामिन डि तथा एचबिएवनसी परिक्षण शुल्कमा ५०% छुट प्रदान गरिने छ ।
यो नयाँबर्ष बिशेष स्वास्थ्य परिक्षण प्याकेज अफर २०७५ बैशाख २ गतेदेखि लागू हुनेछ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.